Thursday, June 28, 2012

बेरोजगारीको चपेटामा निलो चलचित्रका कलाकार

पश्चिमी मुलुकमा पोर्न स्टार अहिले निकै कठिन स्थितिमा छन् । उनीहरुसँग काम छैन, आम्दानी घट्दो छ । यसको मुख्य कारण हो, इन्टरनेटले खास खर्चबिनै पोर्न फिल्म घरघर पुराउनु । त्यसैले डीभीडी बेचेर जुन कमाई हुन्थ्यो त्यो यस उद्योगको हातबाट फत्केको छ । इन्टरनेट र युट्युबजस्ता वेभसाइटका कारण फिल्महरु सजिलै डाउनलोड हुन थालेपछि पोर्न स्टार्सहरुले बनाएका डीभीडीको विक्री करिबकरिब अन्त्य भएको छ । अमेरिकाको सबैभन्दा ठुलो पोर्न स्टार टाँमी गन गत आठ वर्षदेखि पोर्न फिल्ममा काम गरिरहेका छन् । उनले करिब १२ सय फिल्म काम गरेका छन् । उनको शरीर सुडौल छ । जवान पनि छन् । पोर्न स्टार जगनमा उनी विकाउ छन् । टाँमी गनले पोर्न फिल्ममा काम गरेबापत शील्ड र पुरस्कार पनि प्राप्त गरेका छन् । यो शील्ड व्यवसायिक चलचित्रमा काम गर्दा प्राप्त हुने ओस्कार पुरस्कारजस्तै हो ।

Tuesday, June 26, 2012

‘सेक्सपछि उसले वास्तै गर्दैनथ्यो’

 
अहिले केमा व्यस्त ?
  चलचित्रमा ।

मानौं, तपाईंले कसैसँग सेक्स गर्नुभएको छ र त्यसको भिडियो सार्वजनिक भयो । के गर्नुहुन्छ ?
सामना गर्छु । कोठामा मात्र बसिरहन्नँ । आत्महत्या त मरिगए पनि गर्दिनँ । बरु अन्य महिलालाई यस्तो काण्डमा पर्नबाट कसरी जोगाउने भनेर जनचेतनामूलक काम गर्थें । चलचित्र पनि त्यसैअनुसारका बनाउँथेँ ।

पाइलट हुन पाए नेपालको जहाज उडाउने कि अमेरिकाको ? जसले पहिला अफर गर्छ उसैको । कसैले तपाईंलाई पाऊँ भनेर वर्षौंदेखि भगवान् पुकारिरहेको भए ?
  भगवान् पुज्दैमा त्यसलाई आºनो कलकलाउँदो जोवन कहाँ दिन्छु र † भगवान् पुकारेर मेरो जोवन उधार्न खोज्ने भनेर गाली पो गरिदिन्छु ।

 किशोरावस्थामा कस्ता गल्ती गर्नुभयो ?
त्यति बेला म चोर स्वभावकी थिएँ । सधँै बाबाममीको खल्तीबाट पैसा निकाल्थँे ।

नायिकाको आत्महत्या रहस्यभित्र

नायिका जेसिका खड्काको आत्महत्या प्रकरण सेलाएको छ तर पटाक्षेप भइसकेको छैन । जेसिकाकी बहिनी प्राप्ति पोखरेलले दिदीले आत्महत्या गरेको नभई गर्न बाध्य बनाइएको दाबी गरेकी छन् । दिदीसित जोडिएका दुई व्यक्तिविरुद्ध किटानी जाहेरी दिने तयारीमा छिन् उनी । जेसिकालाई दुई साताअघि राति आफ्नै कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारिएको थियो । त्यसलगत्तै प्रहरीले उनका प्रेमी भनिएका बालदीप राईलाई एकसरो बयान लिएर छाडिदियो । प्राप्तिले आरोप लगाएकामध्ये एक उनै बालदीप हुन् भने अर्का हुन् गोकुल सुवेदी । प्राप्तिको भनाइमा यी दुवैले लगातार दिएको ‘टर्चर’ असैह्य भएर नै जेसिकाले आत्महत्या गरेकी हुन् । उनीहरूमध्ये पनि मुख्य दोषी भने बालदीप भएको उनले सौर्यसँगको कुराकानीमा बताइन् । ‘म दिदीसँग भएका बेला बालदीपको फोन आउँथ्यो । फोन राखेपछि दिदी रुन्थिन् । उनी भन्थिन्, ‘हेर न नानी † त्यो बालदीपले मलाई श्रीमान्ले दिएको जस्तो टर्चर दिन्छ ।’ जेसिका र प्राप्ति दिदीबहिनीका छोरी हुन् । जन्मेदेखि नै जेसिकाकै घरमा बसेकी प्राप्तिले काठमाडौं आएपछि पनि दिदीले सबै कुरा आफूसित सेयर गर्ने गरेको बताइन् । दिदीको बालदीपसित कुनै प्रेमसम्बन्ध नरहेको उनको दाबी छ । यता, बालदीपले भने जेसिकालाई कुनै किसिमको ‘टर्चर’ नदिएको बताए । ‘हामी दुवै एकअर्कालाई माया गथ्र्यौं,’ उनले दाबी गरे, ‘हामीबीच विवाहको कुरोसमेत चलिरहेको थियो ।’