Monday, January 16, 2012

परस्त्री ताक्नेको लिंग भाँचिन्छ

विवाहित पुरुष जो आफ्नी पत्नीको आँखा छलेर वा ढाँटेर अर्की महिलातर्फ लहसिन्छ र यौन सम्बन्ध राख्छन् उनीहरुले यो खबर पढ्नैपर्ने भएको छ । यस्ता व्यभिचारी लोग्नेको कर्तुत थाहा पाएमा श्रीमतीको मन त दुख्छ नै परस्त्री गमनले पुरुषलाई समेत गम्भिर शारीरिक समस्या उत्पन्न हुनसक्छ ।एक नयाँ अध्ययन अनुसार जो विवाहित पुरुष श्रीमतीको अलवा अर्की कुनै महिलासँग शारीरिक सम्बन्ध राख्दछ उसको लिंग भाँचिन सक्छ । पेनिस ब्रोकेन भनिने यस्तो अवस्था तब उत्पन्न हुन्छ जब लिंगको मांसपेशी टुट्छ त्यसपछि लिंग सुन्निने र असह्य पीडा हुन्छ ।




अमेरिकाको मेरिल्याण्ड मेडिकल सेन्टर युनिभर्सिटीका युरोलोजिष्ट डाक्टर एन्ड्रयु क्रेमरले गरेको अनुसन्धानले यस्तो तथ्य पत्ता लगाएको हो । उनका अनुसार मानसिक तनाव, हतार तथा प्रतिकुल परिस्थितिमा सम्भोग गर्दा लिंग भाँचिन सक्छ ।विवाहित पुरुष पनि दोश्री महिलासँग लुकिछिपी सम्भोग गरेको हुन्छ, उसको मनमा एक प्रकारको डर र तनाव हुन्छ भने यो जतिसक्दो छिटो यौनक्रिडा सक्ने ध्याउन्नमा हुन्छ । यस्तो अवस्थामा उसको लिंगको मांसपेशी क्षतिग्रस्त हुने गर्दछ जसलाई पेनिस ब्रोकेन वा लिंग भाँचिनु भनिन्छ ।

डाक्टर क्रेमरले २००४ देखि २०११ सम्ममा मेरील्याण्ड अस्पतालमा आएका लिंग भाँचिएका पुरुषहरुमा अध्ययन गरेर यो तथ्य निकालेका हुन् ।उनले अध्ययनमा संलग्न गरेका पुरुषहरुमध्ये आधा भन्दा बढिले आफ्नो परस्त्रीसँग अवैध सम्बन्ध रहेको खुलासा गरेका थिए ।अझ सम्भोगका बेला विभिन्न आसनहरुको प्रयोग गर्ने पुरुषहरुमा लिंगभंगताको समस्या बढि देखिएको छ ।

No comments:

Post a Comment