नेपाली दर्शक माझ चर्चा बटुलिरहेको शुष्माको उध्रेको चोलीले मलेसियामा पनि उत्तिकै चर्चा बटुलेको छ । चाईनिज नयाँ वर्षको अवसरमा मलेसियाको क्वालालम्पुरमा भएको रिमिक्स धमाका– ४, कार्यक्रममा मलेसिया पुगेकी नायिका शुष्मा कार्कीले नेपालीहरुलाई निकै नृत्य प्रस्तुत गरेर उत्तेजित पारिन् । भर्खरै नेपालमा प्रदर्शनमा आएको उनले अभिनय गरेको चलचित्र लुटमा आइटम डान्स गरेर नेपाली दर्शकलाई समेत उत्तेजित पार्दै तहल्का मच्चाएकी छिन् । धुम कार्यक्रममा पुगेका अधिकाशं दर्शकले उनको उत्तेजक नृत्यको फोटो समेत खिच्न भ्याए । क्यामरा हुनेहरुले क्यामरामा नै फोटो कैद गरे भने क्यामरा नहुनेहरुले मोवाईलवाट भएपनि फोटो खिच्न भ्याए । अहिले उनको चर्चा मलेसियाभरी नै छ जसरी उनी अभिनित चलचित्र लुटले नेपालमा चर्चा लिइरहेको छ ।
हेरौ नृत्य प्रस्तु गरिरहेका वेला क्यामरामा कैद गरिएका उनका केही हट तस्वीरहरु ।
No comments:
Post a Comment