Saturday, December 3, 2011

पाकिस्तानी नायिकाको नग्न तस्बिर

एक भारतीय म्यागजिनले पाकिस्तानी नायिका बीना मलिकको पाखुरामा आईएसआई लेखिएको नग्न तस्बिर छापेको छ, यसले पाकिस्तानमा हलचल मच्चाएको छ ।नायिकाको नग्नता र पाकिस्तानको गुप्तचर निकाय (आईएसआई) लेखिएको कारण कट्टरपन्थी मुस्लिम मुलुक पाकिस्तानका धेरैले आक्रोश व्यक्त गरेका छन् । बीनाको नग्न तस्बिरले टि्वटर र फेसबुकसमेत तताएको छ । बीनाका प्रवक्ताले भने यस्तो तस्बिर कहिल्यै नखिचाएको बताएका छन् । यो तस्बिर प्रकाशन गर्ने एफएचएम पत्रिकाका सम्पादक कविर शर्माले भने आफूसँग यसको भिडियो फुटेज लगायत प्रमाण रहेको दाबी गरेका छन् ।'उनको पाखुरामा आईएसआई लेख्ने सोच मेरै हो तर बीनाले भने यसलाई बोल्ड अक्षरमा लेख्ने भनेकी थिइन्,' कविरले भने । तस्बिरको उद्देश्य व्यंग्य गर्न खोजिएको उनले बताए । 'कुनै नराम्रो भएको छ भने यसको पछाडि आईएसआईको हात हुनुपर्छ भन्दै हामी भारतमा व्यंग्य गर्छौं,' उनले भने । म्यागजिनको डिसेम्बर संस्करणको कभरमा बीनाको नग्न तस्बिर छापिएको छ ।


यसअघि पनि यी नायिका विवादमा तानिएकी थिइन् । सन् २०१० मा भारतीय टेलिभिजनको रियलिटी सो बिग बोसमा देखिएपछि पाकिस्तानी कट्टरपन्थी आक्रोशित भएका थिए । यसै वर्ष मार्चमा फेरि उनी चर्चामा आइन्, पाकिस्तानी इस्लामिक मौलानाको विचारलाई चुनौती दिँदै । कट्टरपन्थी मौलाना अब्दुल क्वाबीले शनिबार उनको तस्बिर विवाद 'सम्पूर्ण मुस्लिमका लागि लज्जास्पद' भएको बताए । पाकिस्तानी गृहमन्त्री रेहमान मलिकले चाहिँ 'सत्य हो कि होइन पहिले हेर्नुपर्छ' भनेका छन् ।

No comments:

Post a Comment