Thursday, December 22, 2011

अब नेपालमै यौन संग्रहालय

यौनसँग सम्बन्धित मामिलामा नेपाली समाज बिस्तारै खुला हुँदै गएको छ । यौनसँग सम्बन्धित घटनाक्रम र अभिब्यक्तिहरुले पनि त्यसलाई पुष्टी गर्छन् ।दुई बर्षअघिमात्र खिचापोखरीमा यौन खेलौनाको पसल खुल्दा त्यसले नेपाली बजारमा एकखालको तरङ्ग नै सिर्जना गरेको थियो । तर, ती खेलौना छाटो समयमै कति धेरै ब्यबसायीकरुपमा सफल भए भने अहिले मुलुकका बिभिन्न स्थानमा यौन खेलौना पसल खुलेका छन् ।

यौनलाई अझ उदार बनाउँदै नेपालमा अब चाँडै नै यौन संग्रहालय पनि संचालनमा आउने भएको छ । यौनसम्बन्ध तथा यौनसँग सम्बन्धीत सामाग्रीहरु संग्रहालयमा राखिनेछ । नेपाली दर्शन र अझ पूर्वीय दर्शनअनुरुपका परम्परागत यौन क्रियाकलापसँग सम्बन्धित बिभिन्न सामाग्री यौन संग्रहालयमा भेटिनेछन् ।

यौनसंग्रहालय भन्नासाथ धेरैले अनौठोरुपमा लिएको संग्रहालय स्थापनामा जुटेका संस्कृति मन्त्रालयका पूर्व सचिव जलकृष्ण श्रेष्ठले बताएको शुक्रबारको साप्ताहिक पत्रिकाले छापेको छ । श्रेष्ठले भने- तर यो नेपालमा मात्र नौलो कुरा हो, छिमेकी मुलुक चीन र भारतमासमेत यौन संग्रहालय संचालनमा आइसकेका छन् ।’यौनका बिषयमा हाम्रो समाज गोप्य रहन रुचाउने भएपनि हाम्रो धार्मिक तथा थुप्रै दर्शनमा यौनका बारेमा खुला बर्णन गरिएको भन्दै श्रेष्ठले एउटा एनजीओ खोलेर यसमा रुची राख्नेलाई समेट्दै संग्रहालय स्थापनामा अघि बढेको बताए ।

यौन बिषयमा लामो समयदेखि लेखिरहेका पत्रकार श्रीरामसिंह बस्नेतले उनलाई सघाइरहेका छन् । यौन बर्जित बिषय नभई जीवन उपयोगी बिषय भएको देखाउन यो अभियान थालिएको बताइएको छ ।

संग्रहालयमा मन्दिरमा हुने यौन क्रियाकलाप सम्बन्धित टुँडाल, शिवलिङ्ग, यौन मुद्रामा चार आशन, बात्सायनको कामसूत्रमा उल्लेखित प्रयोगवादी यौन साहित्य, कोकशास्त्र लगायत यौन साहित्यसम्बन्धी पूर्वीय दर्शन उल्लेखित बिभिन्न बिषय नेपाली यौन संग्रहालयमा संग्रहीत हुनेछन् । यसबाहेक यौनसँग सम्बन्धीत थुप्रै नेपाली कलाकारले बनाएका चित्रकला तथा मुर्तिकला घरमै थन्काएर राखेको भन्दै जलकृष्ण श्रेष्ठले तीनको खोजी गरि कलाकारसँग मूर्तिकला र चित्रकला माग्न थालिएको बताए ।

No comments:

Post a Comment