Tuesday, December 13, 2011

महिला किन सेक्स गर्छन्?

हाम्रो समाजमा सेक्सको मामला महिलाभन्दा पुरुष धेरै खुला छन्। पुरुषले आफ्नो सेक्स अनुभव धेरैसँग साटासाट गर्न सक्छन् भने महिलालाई त्यसो गर्न गाह्रो हुन्छ।यद्यपि, बाहिर भने पनि वा नभने पनि महिला, पुरुष दुवैलाई सेक्सको समान आवश्यक पर्छ। तर, आजसम्म आखिर महिलाहरूले किन सेक्स गर्छन् अथवा सेक्सबाट महिलाले के चाहेका हुन्छन् भन्ने कुरा आजसम्म स्पष्ट रूपमा बाहिर आएको छैन। धेरैले सन्तान उत्पादन गर्न वा यौनचाहाना पूरा गर्न महिलाले सेक्स गर्छन् भन्ने धारणा छ। तर, हालसालै लण्डनमा गरिएको एक वैज्ञानिक अनुसन्धानले यो मान्यताभन्दा फरक निष्कर्ष निकालेको छ। अध्ययनले धेरै महिलाहरू आफ्नो पति/प्रेमी/पार्टनर रिसाउला भन्ने डरले सेक्स गर्न बाध्य हुन्छन् भनेको छ।
त्यस्तै महिलाहरूले 'माइग्रेन'बाट मुक्ति पाउनका लागि पनि सेक्सको प्रस्ताव स्वीकार गर्ने गरेको अध्ययनमा उल्लेख छ। युनिभरसिटी अफ टेक्सासका साइकोली प्रोफेसरहरू सिडा मेस्टन र डेभिड बस्टले आफ्नो पुस्तक 'ह्वाई वुमन ह्भाय सेक्स?' मा महिलाले सेक्स गर्ने सय वटा कारणहरू उल्लेख गरेका छन्। सो पुस्तकको हवाला दिँदै लोकप्रिय अखबार टेलिग्राफले महिलाहरूभन्दा ज्यादा पुरुषहरू सेक्स गर्न आतुर हुने समाचार प्रकाशित गरेको छ।

No comments:

Post a Comment